१४ मंसिर २०८३, आईतवार

निवर्तमान वडाध्यक्ष बेहनाद्वारा फलफूल तथा पानी वितरण

एसीपी संवाददाता

१४ श्रावण २०८०, आईतवार ०७:२६ मा प्रकाशित

नेपालगन्ज । नेपालगन्जमा इस्लाम धर्मवलम्बीहरुको महान पर्व मोहरर्म धुमधामका साथ मनाइएको छ।

मोहरर्मका अवसरमा आज दिउँसो ताजिया सेलाउन जाने धर्मावलम्बीहरुलाई नेपालगन्ज वडा नं. ४ का निवर्तमान अध्यक्ष मो. सफिक बेहनाले फलफूल लगायत पिय पदार्थ नि:शुल्क  वितरण गरेका हुन् ।

बाँके प्रदेश सभा २ ‘ख’  का राप्रपाका सभापतिसमेत रहेका  युवा नेता बेहनाले ताजिया सेलाउन जाने सबैलाई फलफुल, पानी,जुस लगायतका सामाग्री वितरण गरेका थिए।

युवा नेता बेहनासँगै समाजसेवी युवा नेता रवि शंकर बर्माले नेपालगन्ज- स्थित सावा मस्जिद अगाडि दिनभर आफै बसेर ताजिया सेलाउन जाने धर्मावलम्बीहरुलाई  फलफूल लगायतका सामाग्री वितरण गरेका थिए।

युवा नेता बेहनाले हरेक वर्ष हिन्दु – मुस्लिमहरुका चाँडपर्वमा यस्तै सहयोग गर्दै आएका छन् । यति मात्रै नभई नेता बेहनाले अप्ठ्यारोमा परेका गरिव र दुखीलाई  सहयोग गर्दै आएका छन् ।

यस्तै निवर्तमान वडाध्यक्ष बेहनाले कोरोना कहरका बेलामा भेरी अस्पताल, सुरक्षा निकाय, गरिव , बेसहारालाई स्वास्थ्य सामाग्री लगायत खाधान्न समेत निशुल्क वितरण गरेका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x