८ आश्विन २०८३, बिहीबार

एक क्विन्टल सुन प्रकरणमा बेल्जिमयका नागरिक पक्राउ

एसीपी संवाददाता

१४ श्रावण २०८०, आईतवार १४:११ मा प्रकाशित

काठमाडौँ– राजस्व अनुसन्धान विभागले एकसय केजी सुन तस्करी प्रकरणमा काठमाडौंको ठमेलबाट एकजनालाई पक्राउ गरेको छ ।

विभागको टोलीले गएराति ठमेलस्थित भियाना होटलबाट तिब्बती मूलका बेल्जिमय नागरिक दावा छिरिङलाई पक्राउ गरेको छ । होटलबाट विभागको टोलीले केही सामग्रीहरु पनि बरामद गरेको छ।

छिरिङ यसअघि कल बाइपास गर्ने चिनियाँ गिरोहसँग पनि संलग्न थिए । यस्तै, विदेशी मुद्रा, सुन तस्करी लगायतमा संलग्न चिनियाँ गिरोहसँग उनको संलग्नता रहेको बताइन्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ठूलो परिमाणको सुनमा उनको पनि कनेक्सन देखिएपछि विभागको टोलीले छिरिङलाई पक्राउ गरेको हो।

योसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १८ पुगेको छ । खबरहब

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x