हुनत सर्वप्राचिन प्रामाणिक पालि त्रिपिटकको विनयपिटकको चार पाना पाण्डुलिपि राष्ट्रिय अभिलेखालयमा सुरक्षित रहेका छन् । यसकै आधारमा नेपालमा पनि पालि त्रिपिटक प्राचिनकालमा रहेको प्रमाणित हुन्छ । के कति कारणले सो त्रिपिटक नष्ट भयो वा हरायो यो अध्ययन अनुसन्धानको विषय हो ।
नेपालमा पनि त्रिपिटक विभिन्न भाषा अनुवाद गरेर सद्धर्मलाई चिरस्थायी बनाउन पाटनका ७५ वर्षिय दुण्डबहादुर बज्राचार्य ४५ वर्ष देखि निस्वार्थ रुपमा दृढ अधिस्थानका साथ लागिपर्नुभएको छ । उहाँले त्रिपिटकको मूल ग्रन्थ दीघनिकाय, मज्झिमनिकाय, संयुत्तनिकाय, इतिवुत्तक, धम्मपद र मिलिन्द प्रश्न लयायत नेपालभाषामा अनुवाद गरेर वीर पूर्ण पुस्तक संग्रहालयबाट प्रकाशन समेत गरिसक्नुभएको छ ।
सम्पूर्ण बुद्ध वचन त्रिपिटक नेपाल भाषामा लगभग अनुवाद भइसकेको छ । विश्वमा बुद्धधर्मको आवश्यकता महशुस भएका कारण यो धर्म विश्वव्यापी रुपमा विस्तार भएको छ । यसले गर्दा विश्वका विभिन्न भाषामा त्रिपिटकको अनुवादले तिव्रता पाएकोले पनि उहाँ नेपाली भाषामा पालि त्रिपिटकको अनुवादमा लाग्नुभएको छ । दीघनिकाय, मज्झिमनिकाय, थेरगाथा, थेरीगाथा र मिलिन्द प्रश्न नेपालीमा अनुवाद गरेर प्रकाशन पनि भइसकेका छन् । स्वास्थ्यले साथ दिए उहाँले सम्पूर्ण त्रिपिटक नेपाली भाषामा अनुवाद गरेर एक साथ ४५ खण्डमा प्रकाशित गर्ने लक्ष्य राखेको बताउनुहुन्छ ।
राष्ट्रको लागि पनि गौरवको विषय हो। यस्तो विशाल ग्रन्थलाई एक व्यक्तिले संरक्षण र संवद्धन गर्नु साच्चीकै त्याय र तपस्याको कार्य हो । जसले उहाँलाई ‘आदि त्रिपिटकचायर्‘ बन्ने ऐतिहासिक मौका समेत दिएको छ । बुद्ध जन्मेको देशमा सरकारी स्तरबाटै त्रिपिटक अनुवाद र प्रकाशन गर्नुपथ्यो तर, सरकार विदेशीलाई बुद्ध मूर्ति उपहार दिनुबाहेक कुनै माखो मार्न सकेको छैन् । ‘बुद्ध वाज बोर्न ईन नेपाल’को नाराबाट अब माथि उठेर बौद्ध धर्मको प्रर्वद्धनमा ठोस कार्य गर्न सके मात्र बुद्धप्रति सहि सम्मान ठहरिने छ । ईमेज खबर


