१३ आश्विन २०८३, मंगलवार

गौर हत्याकाण्डको पिडित परिवारलाई न्यायको माग गर्दै पाँच दिन देखि चन्द्रपुरमा धर्ना जारी

एसीपी संवाददाता

१८ श्रावण २०८०, बिहीबार ०७:४२ मा प्रकाशित

गौर हत्याकाण्ड भएको १७ बर्ष वितिसक्दा पनि पिडितहरु न्याय पाउन नसकेपछि सहिद परिवारका सदस्यहरु रौतहटको चन्द्रपुरमा बुधवार पाँचौं दिन धर्नामा बसेका छन् ।
रौतहट सदरमुकाम गौरमा २०६३ साल चैत ७ गते तत्कालिन मधेशी जनअधिकार फोरमले नेकपा माओवादीका नेता एवं कार्यकर्ताहरु माथि नरसंहारका ताण्डव मचाएका थिए । जसमा २७ जना माओवादी कार्यकर्ताको क्रुरतापूर्वक हत्या गरिएको थियो ।
उक्त घटनामा मारिएका माओवादी कार्यकर्ताहरुको पिडित परिवारद्धारा पिडकहरु विरुद्ध कारवाहीको माग गर्दै साउन १ गते प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएर रौतहटको १८ वटै पालिकामा अन्तरक्रिया कार्यक्रम गर्दै गौर हत्याकाण्ड पिडित संघर्ष समितिका संयोजक एवं सहिद परिवार रुपसागर देवीको नेतृत्वमा गत पाँच दिन देखि चन्द्रपुरमा धर्ना प्रदर्शन गर्दै आएका हुन् ।
उनीहरु सो नरसंहारमा संलग्नलाई कारवाहीको माग गर्दै धर्ना लगायतका बिभिन्न कार्यक्रम गरिरहेका छन् । चन्द्रपुरको मुख्य चोकमा पाँच दिन देखि जारी रहेको धर्ना प्रदर्शनलाई आम जनता पार्टीको साथ र सर्मथन रहेको छ । गौर हत्या काण्डका पिडित परिवारको पक्षमा आफ्नो पार्टी रहेको आम जनता पार्टीका महासचिव उपेन्द्र साहले बताए ।
पिडित परिवारको धर्ना कार्यक्रममा आम जनता पार्टीका अध्यक्ष प्रभु साह देखा नपरेको भएपनि सो पार्टीका बरिष्ठ उपाध्यक्ष तथा पुर्व मन्त्री बद्री न्यौपाने, महासचिव उपेन्द्र साह लगायतका केन्द्रीय नेताको साथै जिल्ला स्तरिय नेताहरुको उपस्थिति रहदै आएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x