१४ मंसिर २०८३, आईतवार

क्विन्टल सुन प्रकरणमा पक्राउ परेकी भन्सार एजेन्ट रुक्मिना सुब्बा उपचारका लागि रिहा

एसीपी संवाददाता

१९ श्रावण २०८०, शुक्रबार १९:५७ मा प्रकाशित

काठमाडौँ- एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेकी भन्सार एजेण्ट रुक्मिना सुब्बालाई मानवीय कारण जमानीमा रिहा गरिएको छ ।

उनी क्यान्सर पीडित भएको हुनाले बोलाएको बेलामा हाजिर गराउने शर्तमा परिवारको जमानीमा रिहा गरिएको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।

घाँटीको क्यान्सरबाट पीडित रुक्मिनालाई उपचारका लागि रिहा गरिएको हो । किमो थेरापी गरिरहेकी उनलाई सफाइ भने दिइ नसकिएको अधिकारीले जानकारी दिए । उनी सुन ओसारपसारमा संलग्न भएको वा नभएको टुंगो छैन ।

साउन ४ मा समातिएको सुन निकाल्नका लागि भन्सार एजेन्ट उनी थिइन् । यद्यपी भन्सार एजेन्टलाई कार्गोभित्र के सामान छ भन्ने कुरा सबै जानकारी हुँदैन । भन्सारबाट जाँच पास भएपछि मात्र भन्सार एजेन्टको भूमिका हुन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x