१ आश्विन २०८३, बिहीबार

नेपालगन्जमा नेपाली सुपरस्टार डान्सिङ एण्ड सिङ्गिङ प्रतियोगिता हुने

एसीपी संवाददाता

२२ श्रावण २०८०, सोमबार ०७:१६ मा प्रकाशित

बाँके । नेपालगन्जमा नेपाली सुपरस्टार डान्सिङ एण्ड सिङ्गिङ प्रतियोगिता हुने भएको छ ।

आर के वि नृत्य एवं कलाकेन्द्र र हेन्कक इन्टरटेनमेन्ट हाउसको आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा भारतको विभिन्न क्षेत्रमा अडिसिन लिएर भारतीय प्रतिस्पर्धीको समेत सहभागीता रहनेछ ।  प्रतियोगिताको फिनाले नेपालगन्जमा सम्पन्न हुने भए पनि अडिसन भने बाँके, बर्दिया र दाङमा समेत हुने छ । जसमा पहिलो अडिसन कोहलपुरमा हुने पत्रकार सम्मेलन मार्फत जनाएको छ ।

नृत्य र गायन बिधामा आयोजना हुने प्रतियोगिताको कुल पुरस्कार राशी एक लाख रुपैयाँ सहित अन्य गिफ्ट ह्याम्पर रहेको हेन्कक इन्टरटेनमेन्ट हाउसका प्रवन्ध निर्देशक रितेश गौतमले जानकारी दिए ।

प्रतियोगितामा कुनै पनि प्रतियोगीलाई टिकट बिक्रीको जिम्मा नदिने र कलाको आधारमा छनौट गरिने आर के वि नृत्य एवं कलाकेन्द्रका प्रवन्ध निर्देशक राजन कुमार वैश्यले स्पष्ट रुपमा जानकारी गराए ।

पछिल्लो समय कुनैपनी प्रतियोगितामा टिकट बिक्री र सोही टिकट बिक्रीको आधारमा उत्कृष्ट छनौट गर्ने र आयोजक तथा कला क्षेत्र संधै बिवादमा आउने गरेकोले त्यस्तो परिपाटीलाई चिर्दै टिकट मार्फत भोटिङ नगरिने आयोजकले जनाएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x