३ असार २०८३, बुधबार
गौर हत्याकाण्डको पिडित सहित परिवार र सरकार बीच सहमती, संघर्षका कार्यक्रम स्थगित
रौतहट, । गौर हत्याकाण्डका पिडकहरुलाई कारवाहीको माग राख्दै आन्दोलनरत गौर हत्याकाण्ड पिडित संघर्ष समिति र सरकार बीच सहमती भएको छ ।
मंगलबार गृह मन्त्रालय काठमाडौमा भएको पीडित संघर्ष समिति र सरकारबीचको वार्तामा पाँचबुँदे सहमति भएको हो ।
सहमति सँगै संघर्ष समितिले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको बताइएको छ । घटनाको छानबिन गरेर दोषीलाई कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने, घटनामा मृत्यु भएकाहरुको स्मृतिमा शहीद स्मारक स्तम्भ बनाउने, घाइतेहरुको उपचार र आर्थिक सहायताका लागि अनुरोध गर्ने लगायत बिषयमा सहमति भएको छ ।
सहमतीमा सरकारको तर्फबाट गृह मन्त्रालयका सह सचिव नारायण प्रसाद भट्टराई र संघर्ष समितीका अध्यक्ष रुपसागर देवी उपाध्याय ले हस्ताक्षर गरेका छन ।
Subscribe
Login
0 Comments



