७ आश्विन २०८३, बुधबार

साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहद्वारा न्यूरोडका मतदाताहरुसंग भेटघाट

एसीपी संवाददाता

२४ श्रावण २०८०, बुधबार २२:३७ मा प्रकाशित

बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघको नेतृत्वका लागि उम्मेदवारी दिएको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले न्यूरोडका मतदाताहरुसंग भेटघाट गरेको छ ।

संघको आसन्न भदौ २ गते हुने निर्वाचनलाई केन्द्रित हुदैँ प्रजातान्त्रिक समूहले बुधबार बिहान नेपालगञ्ज न्यूरोडका मतदाताहरु माझ पुग्दै आफुलाई नेतृत्व गर्ने अवसर दिन आग्रह गरेको छ ।

अध्यक्ष पदका उम्मेदवार ललित कुमार रौनियारको नेतृत्वमा पुगेको उम्मेदवारहरुले मतदाताहरु संग भेट्दै आफ्ना प्रतिबद्धताहरु राखेको थियो । भेटघाटमा मतदाताहरुले प्रजातान्त्रिक समूहमाथि आशा राखेको दर्शाएका छन् ।

मतदाता सबैको सहभागिता, सबैको आवश्यकता र सबैलाई समान व्यवहार गर्न सक्ने नेतृत्व प्रजातान्त्रिक समूहका उम्मेदवार रहेको भन्दै आफुहरुको साथ सहयोग रहने जनाएका थिए ।

भेटघाटमा उम्मेदवारहरुले सबैको सहभागिता रहेको र सबै अट्न सक्ने आफुहरुको समूहलाई जिताउन समेत अनुरोध गरेका थिए । अध्यक्ष पदका उम्मेदवार रौनियारले मतदाताहरुमा आफनो समूहलाई मन पराईरहेको देखिएको बताए ।

उद्योग वाणिज्य संघको यही भदौ २ गते नयाँ नेतृत्वका लागि निर्वाचन तय गरिएको छ । यस क्रममा नयाँ नेतृत्वका लागि प्रजातान्त्रिक समूह मतदाताहरुसंगको भेटघाटलाई तिब्र बनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x