१४ मंसिर २०८३, आईतवार

चार जिल्लाका सिडिओ फेरिए

एसीपी संवाददाता

३० श्रावण २०८०, मंगलवार २०:१८ मा प्रकाशित

काठमाडौँ,  । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको सरूवा गरेको छ ।

मन्त्रालयले मंगलबार गरेको निर्णय अनुसार चितवन, नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । सप्तरीका सिडिओ भुपेन्द्र थापालाई चितवनको सिडिओको रूपमा सरूवा गरिएको छ । त्यस्तै चितवनका सिडिओ सुरेन्द्र पौड्याललाई नुवाकोटको सिडिओ बनाइएको छ । मन्त्रालयले नुवाकोटका सिडिओ किरण थापालाई सप्तरीमा पठाएको हो । धनुषाका सिडिओ काशीराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरूवा गरी कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणि पाण्डेलाई धनुषाको सिडिओ बनाइएको मन्त्रालयले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x