१४ मंसिर २०८३, आईतवार
साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको प्रतिबद्धता-पत्र सार्वजनिक
नेपालगन्ज : साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले आज प्रतिबद्धता-पत्र सार्वजनिक गरेको छ । आगामी भदौ २ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनका लागि साझा प्रजातान्त्रिक समूहले १८ बुँदे प्रतिबद्धता-पत्र सार्वजनिक गरेको हो । सो क्रममा अध्यक्ष पदका उम्मेदवार ललितकुमार रौनियारले आफूहरु निर्वाचित भए व्यवसायिक हकहितमा प्रतिबद्ध भएर लाग्ने बताए । संघको नेतृत्वप्रति विगतमा गुमेको विश्वासलाई पुन:स्थापित गरिने सुनाए । उक्त कार्यक्रम प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष संजय थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।
Subscribe
Login
0 Comments


