१४ मंसिर २०८३, आईतवार

संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभा अन्तर्गतका तीनवटा समितिको बैठक

एसीपी संवाददाता

३२ श्रावण २०८०, बिहीबार ०८:३१ मा प्रकाशित

काठमाडौँ ।  आज संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभा अन्तर्गतका तीनवटा समितिको बैठक बस्दैछ।

संघीय संसद सचिवालयका अनुसार आज सार्वजनिक लेखा समितिसहित तीनवटा संसदीय समितिको बैठक सिंहदरबारमा बस्न लागेको हो।

जसअनुसार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बिहान ११ बजे बैठक बस्नेछ । यस्तै, प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ ।

यस्तै, प्रतिनिधिसभा अन्तर्गतकै सार्वजनिक लेखा समितिको बैठक दिउँसो १ बजे बस्ने बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x