१३ आश्विन २०८३, मंगलवार

युनेस्कोद्वारा नेपालगन्जमा तीनमहिने सिलाई कटाई तालिम शुरु

एसीपी संवाददाता

१ भाद्र २०८०, शुक्रबार १९:२२ मा प्रकाशित

नेपालगन्ज-नेपालगन्जमा महिलाहरुका लागि तीनमहिने सिलाई कटाई तालिम संचालन गरिएको छ। कतार च्यारिटीको सहयोग तथा बाँके युनेस्को क्लबको आयोजनामा शुक्रवारदेखी उक्त तालिम शुरु गरिएको हो। प्रदेश सभा सदस्य कृष्णा केसी नमुना र युनेस्को बाँकेका अध्यक्ष रबि तुलाधरले सँयुक्त रुपमा शुक्रवार तालिमको उदघाटन गर्नुभयो।    तालिमको उदघाटन गर्दै प्रदेश सभा सदस्य केसीले तालिम उपलब्धीमुलक रहोस भन्ने शुभकामना दिनुभयो । उहाँले यो तालिमले सहभागी महिलाहरुलाई जिवीकोपार्जन गर्न सहज हुने बिश्वास ब्यक्त गर्नुभयो। यो तालिम सहभागीहरुको बाच्ने आधार समेत हुन सक्ने भन्दै प्रदेश सभा सदस्य केसीले यसको सदुपयोग गर्न सहभागी महिलाहरुलाई आग्रह गर्नुभयो। त्यस्तै स्थानिय स्तरमा समुदायका लागि विभिन्न कामहरु गरेकोमा केसीले बाँके युनेस्कोको प्रशंसा पनि गर्नुभयो। तीन महिनासम्म संचालन हुने तालिममा अति बिपन्न, असहाय र एकल गरि २३ जना महिलाको सहभागिता रहेको युनेस्को बाँकेका अध्यक्ष तुलाधरले जानकारी दिनुभयो। प्रशिक्षार्थीहरुलाई आमना हल्वाईले प्रशिक्षण दिने युनेस्कोले जनाएको छ ।   युनेस्कोका प्रमुख संरक्षक प्रबेज अलि सिद्दिकीले आगामी दिनमा पनि क्लबले समुदायका लागि विभिन्न परियोजनाहरु संचालन गर्ने आश्वासन दिनुभयो। यसको लागि प्रदेश सरकारले पनि सहयोग गर्नुपर्ने उहांले अनुरोध गर्नुभयो । एकीकृत बिकास कार्यक्रम- जीविकोपार्जन सहयोग परियोजना अन्तरगत तालिम संचालन गरिएको कार्यक्रम संयोजक बिनिता आर.सी. ले बताउनुभयो। क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले स्वागत गर्नु भएको कार्यक्रममा बागेश्वरी बहुद्देशीय कृषि बजार सहकारीकी अध्यक्ष कमला न्यौपाने,खजुरा गाउँपालिका खेलकुद समितीका सचिव छवि बिष्ट, क्लबका सल्लाहकार सिराज खान, नरेन्द्र थापा लगायतको सहभागिता रहेको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x