१६ बैशाख २०८१, आईतवार

पत्रकार माथी भएको कुटपिट घटनाप्रति मधेसी पत्रकार समाजको गम्भीर ध्यानाकर्षण

बिनय राज त्रिपाठि

३ भाद्र २०८०, आईतवार १३:०२ मा प्रकाशित<

काठमाडौं , बिनय राज त्रिपाठि =   नयाँ पत्रिका दैनिकका सप्तरी सम्वाददाता र मधेशलाइभ डटकमका समाचार संयोजक तथा प्रेस मंच नेपाल, सप्तरीका कार्यसमिति सदस्य सौरभ यादवलाई केही व्यक्तिको समूहले कुटपिट गरेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
गए राति राजविराज नपा– २ स्थित राजदेवी चौकमा बोलाएर पत्रकार यादवमाथि गरेको आक्रमणको मधेसी पत्रकार समाज सप्तरी, घोर निन्दा एवम् भर्त्सना गर्दै घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कारवाहीको माग गर्दछ। कुटपिटबाट घाईते भएका पत्रकार यादवलाई छातीमा चोट लागेकाले शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्दछौं । सप्तरीमा पत्रकारमाथि लगातार भईरहेको यस्ता घटना रोक्नको लागि पनि सुरक्षा निकाय संग मधेसी पत्रकार समाज विज्ञप्तिमार्फत जोडदार माग गर्दै बिज्ञप्ति जारी गरिएको छ ।  सप्तरीका मधेसी पत्रकार समाजका अध्यक्ष शैलेश कुमार कर्ण र सचीव ए..के यादवले सयुक्त रूपमा बिरोध गर्दै प्रेस बिज्ञप्ति जारी गरेका हुन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x