१४ मंसिर २०८३, आईतवार

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा किन गएन एमाले ?

एसीपी संवाददाता

५ भाद्र २०८०, मंगलवार १३:२२ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले सहभागी भएन । सदनको जारी गतिरोध अन्त्यका लागि राष्ट्रपति पौडेलले छलफल गर्न बोलाएकाले एमाले नगएको हो । ‘प्रधानमन्त्रीले छलफल गरिरहनुभएको छ । दिनदिनै छलफल भइरहेको छ । राष्ट्रपतिले पनि सोही विषयमा छलफल गर्न बोलाएकाले नगएका हौँ,’ एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले भने ।

प्रधानमन्त्रीसँग परामर्श गरेर राष्ट्रपतिले बैठक बोलाउने परम्परा छ । यस विषयमा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपति पौडेलले बोलाएको छलफलबारे जिज्ञासा राखेको थियो । तर, प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलले बोलाएको बैठकबारे कुनै जवाफ दिएनन् ।

‘प्रधानमन्त्रीलाई सोध्दा केही भन्नु भएन । गृहमन्त्रीले थाहा छैन भन्नुभयो,’ प्रमुख सचेतक गिरीले भने । यसरी राष्ट्रपतिले छलफल गर्दा राष्ट्रपतिको भूमिकामा प्रश्न उठ्ने एमालेको तर्क छ । ‘राष्ट्रपति हुने, राजनीति गर्ने भन्ने हुन्छ,’ उनले भने ।

१० साउनदेखि एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समितिको माग राख्दै सदन अवरोध गरेकाले राष्ट्रपति पौडेलले आज सर्वदलीय बैठक बोलाएका हुन् । राष्ट्रपति पौडेलले आफूले राजनीतिमा सक्रियता नदेखाएको बताएका छन् । सर्वदलीय बैठकमा राष्ट्रपति पौडेलले भने, ‘यो मैले एक्टिभिज्म देखाउन खोजेको होइन । म पनि लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता हुँ । त्यसैले राष्ट्रप्रतिको यो मेरो चिन्ता हो । विभिन्न कारणले तपाईंहरू सबैसँग भेट पनि हुन सकेको थिएन । तपाईंहरूसँग भेटेर राष्ट्रको चिन्ता गरौँ भन्ने पनि थियो । संंविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने जिम्मेवारी नेपालको संविधानले राष्ट्रपतिलाई दिएको छ । संंविधानमा रहेको यो जिम्मेवारी कसरी पूरा गर्न सकिन्छ भन्नेमा म सधैँ चिन्तित रहेको छु ।’ शिलापत्र

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x