१३ आश्विन २०८३, मंगलवार

एक वर्षभित्र केपी ओली पक्राउ पर्ने मेटमणीको ठोकुवा

एसीपी संवाददाता

६ भाद्र २०८०, बुधबार ०८:१३ मा प्रकाशित

दल नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले सुन तस्करी प्रकरणदेखि अन्य सवै ठुला भ्रष्टाचारमा एमाले अध्यक्ष केपी शर्मा ओली संलग्न भएको आरोप लगाएका छन्। उनले ओली भ्रष्टाचार प्रकरणमा यही वर्ष पक्राउ पर्ने दाबी पनि गरे।

मंगलबार संसद भवनबाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले सुन तस्करीमा अध्यक्ष ओली प्रत्यक्ष संलग्न रहेको आरोप लगाए। सबै काण्डहरूमा अग्रपंक्तिमा केपी ओलीको नाम आए पनि किन पक्राउ नगरेको? भनेर अफुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न पनि गरेको उनको भनाई छ।

सुन काण्डमा पक्राउ पर्ने डरले नै अध्यक्ष ओलीले संसद अवरूद्ध गरिहेको आरोप उनले लगाए।

‘मैले राष्ट्रपति निवासमा आज गृहमन्त्रीसँग भने, सारा दुनियाँले विश्वभरका मानिसले नेपालको होइन, यो सुन काण्डमा केपी ओलीको नाम आइसकेको छ, केपी ओली जोडिसकेको छ, लगायतका जति काण्ड छन् सबै काण्डमा केपी ओली एक नम्बरमा छन्’ उनले भने–‘हामीले गृहमन्त्रीलाई किन पक्राउ परेका छैनन् भनेर सोधिरहेका छौं। केपी ओली चाँडै पक्राउ पर्दैछन्, त्यसकै डरले केपी ओलीले संसद अवरोध गर्ने बखेडा झिकिरहेका छन्।’

‘यही वर्षमा यही उमेरमा केपी ओलीलाई समात्छ। मैले जे बोल्छु, त्यो हुन्छ, त्यो नै राजनीतिक कोर्ष अघि बढ्छ।’ उनले भने। चौधरीले आफूले जे बोल्ने त्यो हुने र आफूले बोलेअनुसार नै राजनीतिक कोर्ष अघि बढ्ने ठोकुवा गरे।नेपालआज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x