१ आश्विन २०८३, बिहीबार

शाश्वतधाममा देखिएको युवा उद्योगपति वरूणको शालीनता

एसीपी संवाददाता

८ भाद्र २०८०, शुक्रबार ०६:०३ मा प्रकाशित

हिन्दु धर्म प्रवर्तक बाबा बागेश्वरधाम सरकार नेपाल आएर बुधवार १: २५ बजे भारत फर्किएका छन् । नेपाली सामाजिक सञ्जाल हाल वागेश्वर धाममय भएका छन् । नवलपुर स्थित शाश्वतधाममा तीन दिन कथा वाचन गर्न चौधरी ग्रुपका निर्देशक एवं विनोद चौधरीका कान्छा छोरा वरूण चौधरीको निमन्त्रणामा उनी नेपाल आएका थिए । उक्त कार्यक्रममा देशभरीबाट लाखौ मान्छे बाबाको दर्शन गरे र कथा सुने । दैनिक रुपमा आउने हजारौ श्रद्धालु बिच एउटा रोचक दृश्य देखिन्थ्यो आयोजक चौधरी परिवारको उपस्तिथि । चौधरी परिवार हजारौं श्रद्धालु बिच समान्य व्यक्ति सरह नै कथा सुनेको देखेर त्यहाँ उपस्थित व्यक्तिहरु नै अचम्म परे । बाबा बगेश्वर धाम सरकारलाई नेपाल ल्याउने युवा बरुण चौधरी भने भक्तालुहरूसंग बसेर, उभिएर ताली बजाईरहेका थिए । अरबौका मालिक युवा जसको ब्यापार विश्वभर फैलिएको छ । जो युवालाई विश्वभरका आम मानिसको सम्मान मिल्छ, जसलाई नेता तथा सेलिब्रेटी कलाकारहरू भेट्न आतुर हुनछन् उनी आफ्नो मान सम्मान सबै बिर्सिएर घमण्ड त्यागेर सिर्फ बागेश्वर धाम सरकारको कथा वाचनमा सामान्य नागरिक जसरी बसेका थिए ।

जनता र भिभिआइपीको दबाब, मिडिया र क्रिस्टियन धर्म प्रवर्तकको थ्रेड्सलाई जित्दै हिन्दू धर्मप्रतिको मोहलाई एकल शाहसमा प्रमाणित गर्ने नेपालका हिन्दूहरूको पहिलो मार्गदर्शक, जसले नेपालभरका हिन्दूहरूलाई एकताबद्ध गर्न र नेपालमा हिन्दूहरूको हराएको चेतनालाई पुन: जगाउनको लागि बलिदान गर्ने वरूणको सनातनी युवाहरूमाझ भने हाल वाहवाही फैलिएको छ । हिन्दु धर्मको कुनै मन्दिरमा जानुभयो भने बयोवृद्दहरूको ठुलो जमात भेटिन्छ भने युवाहरू सायदै भेटिन्छन् । तर यसपटक युवा उद्योगपतिको धर्ममोहसंग जोडिएको थियो युवाहरूको ठुलो क्रेज । बागेश्वर धाम गुरूले कथा वाचन गरिरहंदाका शान्त युवा होस या भजन गाईरहंदाको तालिको क्रेज विश्वको ठुलो स्टार गायकको प्रस्तुति भन्दा कमि थिएन। यसो गर्दा सबैले अनुमान गरिरहेका थिए कि वंशानुगत गुण सनातन धर्मको हरेक युवालाई छ फरक यति हो मार्गदर्शकको अभावमा उनिहरू भौतारिरहेका छन् । जस्को नेतृत्व वरूण चौधरीले गर्दै युवाहरूमा सनातन धर्मको क्रेज जगाईदिए ।

सनातनीको उद्गमस्थल, भक्तिभुमी नेपाललाई चिनाउन अहोरात्र खट्दै गरेको योगदान हिन्दुप्रेमिहरूले त सम्झन्छन् नै तर अन्य धर्मका मान्छेहरूले समेत डाह गर्ने किसिमको थियो । विनोद चौधरी, सारिका चौधरी, वरूण चौधरी र अनुश्री तोङ्या चौधरीको हिन्दुधर्मप्रतीको श्रद्धा र भक्तिभाव विश्वकै सनातनिहरू एकपटक सोचमग्न हुने किसिमको थियो ।

 

बागेश्वर धाम गुरूलाई एक दर्शन गर्नका लागी नेपाली तथा भारतीय भक्तको “दशौ हजार”को टिकट काट्नेकोहरू हजारौको लाईन भएपनि लाखौ जनतालाई निशुल्क प्रवेश, दर्शन तथा निशुल्क, खाना/प्रशाद सहित कार्यक्रम सफल बनाउन चौधरी ग्रुप परिवारले खेलेको भुमिका अत्यन्त महत्वपूर्ण रहेको थियो ।

हिन्दुविरोधिहरूको चौतर्फि चुनौतिलाई पन्छाउदै आफ्नो मार्गमा सफल हुनु सामान्य कुरा थिएन । नेपाल सरकार संस्कृती पर्यटन तथा नागरिक ऊड्डयन मन्त्रालय अन्तर्गतको नेपालकै धनी संस्था मध्य एक मानिने पशुपति क्षेत्र विकास कोषले एक वर्षदेखि लागेर लाखौ खर्च गरेर पनि गुरूलाई नेपाल ल्याउन असफल बनेको थियो एक हिसावले हेर्दा नेपाल सरकार नै असफल बनेको थियो भने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापा असफल बनेर निलम्बनमा पर्न लागेका थिए । यसको प्रत्यक्ष फाईदा त उनलाई भयो जसको प्रतिफल खुशियालिमा करोड बत्ती गुरुको हातबाट प्रज्वलन भयो ।

धर्मगुरू वागेश्वर धामले वरूण चौधरीको सालिनता तथा लगनशिलताको पटक पटक प्रशंसा गरेका थिए । नेपालपाना बाट साभार

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x