१४ मंसिर २०८३, आईतवार

सुन तस्करीमा जोडिएका अध्यागमनका महानिर्देशक झलकरामलाई नारायणकाजीले ताने गृहमा

एसीपी संवाददाता

८ भाद्र २०८०, शुक्रबार ०७:४१ मा प्रकाशित

काठमाडौँ- अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीको सरुवा भएको छ । उनलाई गृह मन्त्रालयमा तानिएको हो।

अवैध सुन तस्करी प्रकरणमा मुुछिएका उनलाई कारबाहीको दायरामा ल्याउनुको सट्टा सरुवा गरिएको हो । सुन प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियम नागरिक दावा शेर्पासँगको कुराकानीमा मुछिएको पाइएपछि अधिकारीलाई गृह मन्त्रालयमा तानिएको हो ।

अधिकारीले दावासँग गरेको कुराकानी सार्वजनिक भएपछि उनलाई मन्त्रालयमा तानिएको हो । उनीमाथि अनुसन्धान पनि हुन सक्ने जनाइए पनि निलम्बनमा नराखी अनुसन्धानको दायरामा आउने उच्च स्रोतले जनाएको छ ।

स्रोतका अनुसार उनलाई अनुसन्धान गर्नकै लागि मन्त्रालयमा तानिएको हो । अधिकारी गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रिय पात्र मानिन्छन् ।

उनी अनुसन्धानमा तानिने हो भने यसअघिका ठूला ठूला अवैध प्रकरणको अनुसन्धान गर्नसमेत सजिलो हुने बताइन्छ । गृहमन्त्री श्रेष्ठले नै उनलाई मन्त्रालयमा तानेकोसमेत उच्च स्रोत बताउँछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x