१४ मंसिर २०८३, आईतवार

मोदीले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँगै एक्लै भेटे, चिसिएको सम्बन्ध सुधारको प्रयास

एसीपी संवाददाता

९ भाद्र २०८०, शनिबार ०६:४९ मा प्रकाशित

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिन्पिङ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन दक्षिण अफ्रिका गएका छन्। उनीहरूले बुधवार एक्लाएक्लै भेटवार्ता गरेको विवरण आएको छ।

बेइजिङका अनुसार भारतीय प्रधानमन्त्रीको अनुरोधमा सीले उनलाई भेटेका हुन्। सीमामा उत्पन्न तनावका कारण तीन वर्षदेखि भारत र चीनबीच सम्बन्ध चिसिएको छ। यी शक्तिसम्पन्न राष्ट्रबीच हिमाली क्षेत्र अवस्थित ३,४४० किलोमिटर लामो सीमामा अस्पष्टता छ। त्यसलाई लाइन अफ एक्चूअल कन्ट्रोल (एलएसी) भनिन्छ। ब्रजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित समूह ब्रिक्सले विश्वमा पश्चिमा राष्ट्रहरूको नेतृत्वलाई चुनौती दिन सक्ने ठानिन्छ।
यस सन्दर्भमा दुई नेताबीच आफ्ना सम्बन्धित अधिकारीहरूलाई शीघ्र [एलएसीबाट] सैनिक हटाउने र तनाव घटाउने कामलाई घनीभूत बनाउन निर्देशन दिने सहमति भयो,” उनले भने।

चिनियाँ विदेश मन्त्रालयले एउटा विज्ञप्ति प्रकाशित गर्दै सी र मोदीबीच “चीन-भारतबीच विद्यमान वर्तमान सम्बन्ध र पारस्परिक हितसँग सम्बन्धित अन्य विषयमा खुलस्त र गहिरो छलफल” भएको जनाएको छ। “राष्ट्रपति सीले चीन-भारत सम्बन्ध सुधार हुँदा दुवै देश र जनताको समान हित हुने तथा त्यो विश्व र क्षेत्रको शान्ति, स्थिरता र विकासका लागि पनि अनूकुल हुनेमा जोड दिनुभयो।”

“दुवै पक्षले द्विपक्षीय सम्बन्धका समस्त विषयबारे सोच्नुपर्छ र सीमावर्ती क्षेत्रमा मिलेर शान्ति सुनिश्चित गर्न सीमासँग सम्बन्धित विषयमा उपयुक्त तरिकाले व्यवहार गर्नुपर्छ,” विज्ञप्तिमा भनिएको छ। -बीबीसी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x