१४ मंसिर २०८३, आईतवार

उच्च अदालत पाटनका न्यायाधीश शर्मा सर्वोच्च अदालतकाे न्यायाधीशमा सिफारिस

एसीपी संवाददाता

११ भाद्र २०८०, सोमबार ०७:४९ मा प्रकाशित

काठमाडौँ । उच्च अदालत पाटनका न्यायाधीश विनोद शर्मा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् । न्याय परिषद्को आइतबारको बैठकले शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।

न्याय परिषद्ले उनको नाम संसदीय सुनुवाइका लागि पठाएको छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएमा उनी सर्वोच्च अदालतको न्यायाधीश बन्नेछन् । उनी करिब ३ वर्ष सर्वोच्चको न्यायाधीश बन्नेछन् ।

यस्तै आइतबारकै परिषद् बैठकले बाल अदालत गठनका लागि उपयुक्त हुने भन्दै कानुन मन्त्रालयलाई राय प्रदान गरेको छ ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x