१४ मंसिर २०८३, आईतवार
नेपाली सेनाका मेजर सम्पर्कविहिन
डोल्पा । नेपाली सेनाका एक जना मेजर सम्पर्कविहिन भएका छन् । कर्णालीको डोल्पा सदरमुकाम दुनैस्थित नन्द बक्स गुल्मका गुल्मपति विमल पण्डित सम्पर्कविहिन भएका छन् ।
आइतबार रातिदेखि मेजर पण्डित सम्पर्कविहिन भएपछि नेपाली सेनाले खोजी गरिदिन आग्रह गरेपछि सेनासहित प्रहरीको टोली पनि खोजतलासमा परिचालन भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
बडीगार्ड समेत नलिएर एक्लै गुल्मबाट निस्किएका मेजर पण्डित हिजो रातिदेखि सम्पर्कमा नआएपछि खोजतलासका लागि सुरक्षा फौजको टोली परिचालन गरेको प्रहरीले जनाएको छ ।
भौगोलिक विकटताका कारण पनि खोजीमा केही समस्या आएको प्रहरीले जनाएको छ ।
Subscribe
Login
0 Comments


