१४ मंसिर २०८३, आईतवार
बालेनको शैलीमा वडाध्यक्ष गुप्ताले सडकको अतिक्रमित जग्गा खाली गराउन लगाए डोजर
बाँके । बाँकेको जानकी गाँउपालिका वडा नं. २ को बेलभारमा रहेको सडकको सरकारी जग्गा अतिक्रमण खाली गराईएको छ । वडाध्यक्ष चन्द्रिका प्रसाद गुप्ताको रहोबरमा उक्त सडकको अतिक्रमण जग्गा खाली गराइएको हो ।
परसपुर, बेलभार हुदैँ गौघाट जाने सडक खण्डमा निर्माण हुदैँ गरेको कालोपत्रेका लागि अतिक्रमण हटाइएको हो ।
क्रस ड्रेनेज संरचना र डामर कंक्रीट कामका लागि लुम्बिनी प्रदेशको लागतमा १९ करोड २६ लाख ६० हजार आठ सयमा ठेक्का पाएको निर्माण व्यवसायी एम एस के एस बसुलिङ्ग अनिल तेज जेभि धनगढीलाई काम गर्न सास्ती भएपछि वडाध्यक्ष गुप्ताको अगुवाई तथा स्थानीयहरुको उपस्थितीमा सडकको जग्गा अतिक्रमण गरेर बनाइएको टिनको टहरा तथा कच्ची घर भत्काइएको हो ।
सडकको जग्गामा पर्ने संरचना हटाउनका लागि पटक पटक सूचना दिदा पनि अटेरी गरेपछि डोजर लगाइएको वडाध्यक्ष गुप्ताले बताए ।
निर्माण स्थलमा रिर्पोटिङ्गमा पुगेका मिडियाकर्मीसंगको अन्र्तवार्तामा वडाध्यक्ष गुप्ताले भने, ‘बाटोको जग्गामा केही घर बनेका थिए । केहीले स्थानीयले आफुखुसी त्यहाँबाट संरचना हटाईहाले र केहीले भने अटेरी गरे ।
Subscribe
Login
0 Comments


