२२ श्रावण २०८३, शुक्रबार

चीनले जारी गरेको नक्साका बारेमा कूटनीतिक माध्यमबाट कुरा हुन्छ : प्रवक्ता सापकोटा

एसीपी संवाददाता

१५ भाद्र २०८०, शुक्रबार १६:२५ मा प्रकाशित

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले जारी गरेको नयाँ नक्साका बारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा उक्त विषयमा छलफल हुने बताए ।

‘चीनले जारी गरेको नक्साका बारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्छ । कूटनीतिक पहलकदमी बढाउनुपर्छ’, प्रवक्ता सापकोटाले भने, ‘प्रधानमन्त्रीको चीन भ्रमणका बेलामा कुराकानी हुन्छ ।’ नक्सा जस्तो महत्वपूर्ण विषयलाई किन समेटिएन भन्नेबारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने उनको भनाइ थियो । खबरहब

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x