७ आश्विन २०८३, बुधबार

चीनले नेपाललाई हेप्ने चेष्टा नगरोस ः नेता शाह

एसीपी संवाददाता

१९ भाद्र २०८०, मंगलवार ०९:४३ मा प्रकाशित

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाल– भारत–चीन बीचको सामरिक दृष्टिकोणले महत्वपूर्ण क्षेत्र रहेकोले कुनै देशले नक्शा जारी गर्दा नेपाललाई हेप्ने प्रवृत्ति नदेखाउन पुर्व सांसद अभिषेक प्रताप शाहले आग्रह गर्नुभएको छ ।

२०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर एमाले अध्यक्ष केपी शर्माओली नेतृत्वको सरकारले नेपाली भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपाल समेटेर नयाँ चुच्चे नक्शा जारी गरेका थिए । ती भुभाग भारतमा पारेर चीनले आफ्नो नयां नक्सा निकालेपछि अहिले देशैभरि विरोध शुरु भएको छ ।

नेपाली कांग्रेसका नेता एवं पुर्व सांसद शाहले चिनलाई बिस्तारवादी बताउदै मनपरि तारिकाले नयाँ नक्सा जारी गरि नेपाललाई हेप्ने चेष्टा नगर्न आग्रह गर्नुभएको छ । उनले तात्कालिन ओली सरकारले नयाँ चुच्चे नक्सा निकालेका थिए तर चीनले पंचशीलको सिद्धान्तलाई नमानेर नेपालसंग आफै सम्बन्ध विगार्न खोजेको आरोप लगाउनुभयो । चीनको गलत नियतको विरोध हुनु जरुरी रहेको नेता शाहले बताउनुभयो ।
केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले नयाँ चुच्चे नक्शामा समेटिएका स्थानहरुलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ । नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु राष्ट्रिय संवेदनशीलतामाथि चालेको गलत कदम मानिन्छ ।
नेपालको चुच्चे नक्शालाई नमानेर विवाद बढाउन जारी गरेको नक्शाले चीनको नियतिमाथि शंका उत्पन्न गरेको छ भने राष्ट्र प्रमुख र राष्ट्रिय दलका नेताद्वारा कुनै प्रतिक्रिया नआएकोप्रति समाजिक संजालमा रिस पोखिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x