७ आश्विन २०८३, बुधबार

कृष्णनगरमा तिजबिषेश शुभकामना आदानप्रदान तथा दरखाने कार्यक्रम सम्पन्न

एसीपी संवाददाता

२३ भाद्र २०८०, शनिबार १०:२७ मा प्रकाशित

कपिलवस्तु , भाद्र २२

नजिकिदै गरेको हरितालिका तिजको अवसरमा दुर्गा महिला समुह कृष्णनगरको आयोजनामा शुकामना आदान प्रदान तथा तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । कृष्णनगर नगरपालिका वडा नं १ स्थित उद्योग वाणिज्य संघको हलमा आयोजित तिज बिषेश कार्यक्रमको मुख्य प्रायोजक कृष्णनगर नगरपालिका वडा नं २ तथा होटल तथा पर्यटन व्यवसायी संघ कृष्णनगर प्रायोजक रहेको थियो।

दुर्गा महिला समुहकी अध्यक्ष बसन्ती शर्माको अध्यक्षता, प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका उप प्रमुख आरती देवी चौधरी अतिथिमा कृष्णनगर नगरपालिका वडा नं २ अध्यक्ष कृष्ण कुमार गुप्ता, होटल व्यवसायी तथा पर्यटन व्यवसाय जिल्ला अध्यक्ष रविन्द्र पौडेल, होटल तथा पर्यटन व्यवसायी संघ कृष्णनगर अध्यक्ष शिव घिमिरे, वडा सदस्य राहुल मोदनवाल, रेनु शर्मा लगायत अन्य रहेका थिए।

 

कार्यक्रममा दुर्गा महिला समुहकी सचिव भुमा घिमिरेले शुभकामना मनतव्य राखेकी थिइन।

 

कार्यक्रमका बोल्दै होटल तथा पर्यटन व्यवसायी संघ जिल्ला अध्यक्ष रविन्द्र पौडेलले महिला हरूलाई तिजको शुभकाना दिदै महिलाहरू प्रति संघ सधै सम्मान गर्ने बताए।

कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ कृष्णनगर अध्यक्ष शिवा घिमिरेले समेत नारी हरूको महान चाड तिजको शुभकाना व्यक्त गरे।

कार्यक्रमको औपचारिक उद्घाटन भई तिज विशेष नाचगान समेत गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा स्थानीय महिला, विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, जनप्रतिनिधि, होटल व्यवसायी, उद्योगि, सञ्चारकर्मीहरु लगायत अन्यको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन लक्ष्मण भूषालले गर्नुभएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x