७ आश्विन २०८३, बुधबार

साउदी माथि हुती समुहको आक्रमण , पाकिस्तान मौन ?

एसीपी संवाददाता

७ आश्विन २०८३, बुधबार १०:४२ मा प्रकाशित

साउदी अरबमाथि यमनस्थित हूती समूहबाट क्षेप्यास्त्र तथा ड्रोन आक्रमण तीव्र भइरहेका बेला पाकिस्तानको भूमिकामाथि प्रश्न उठ्न थालेको छ।
पाकिस्तान, साउदी अरब र टर्कीबीच हालै भएको मक्का संयुक्त रक्षा सम्झौतामा कुनै एक सदस्य राष्ट्रमाथि सशस्त्र हमला भए त्यसलाई तीनै राष्ट्रमाथिको हमला मानिने उल्लेख छ। सम्झौताको उद्देश्य सामूहिक प्रतिरोध र रक्षा सहकार्य बढाउनु रहेको छ।
तर साउदीमाथि हूती आक्रमण भइरहेका बेला पाकिस्तानले तत्काल प्रत्यक्ष सैन्य कारबाही भने गरेको छैन। पाकिस्तानको विदेश मन्त्रालयले यसअघि हूतीविरुद्ध सैन्य प्रतिक्रिया सम्बन्धी कुनै तत्काल छलफल नभएको र सम्झौता कार्यान्वयनका लागि आवश्यक संयन्त्रहरू अझै विकास भइरहेको बताएको थियो।
यद्यपि पाकिस्तानले आफ्नो प्रतिबद्धता नरहेको भन्ने होइन। पाकिस्तानी सैन्य प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले साउदी सुरक्षाप्रति पाकिस्तानको प्रतिबद्धता “unconditional” रहेको र आवश्यक परे साउदीको सुरक्षाका लागि अघि बढ्ने बताएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x