१३ आश्विन २०८३, मंगलवार

बेलायती प्रधानमन्त्री ऋषि सुनकले भने हिन्दु हुनुमा गर्व छ

एसीपी संवाददाता

२४ भाद्र २०८०, आईतवार ०८:४४ मा प्रकाशित

नयाँ दिल्ली –  बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई भारतमा न्यानो स्वागत गरिएको छ । उनी श्रीमतीसहित भारत आइपुगेका हुन् ।

नयाँ दिल्लीमा उत्रे लगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै बेलायती प्रधानमन्त्रीले धेरै विषयमा खुलेर जवाफ दिएका छन् ।

एक सन्दर्भमा उनलाई हिन्दू धर्मको बारेमा प्रश्न सोध्दा उनले निकै उत्साही हुँदै भने,  ‘म हिन्दू हुनुमा गर्व गर्छु ।’

उनले जी–२० सम्मेलनमा आएको अवसरमा नजिकैको मन्दिर जाने कुरा पनि गरेका छन् ।

बेलायतका प्रधानमन्त्री सुनक जी– २० शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार भारत आइपुगेका हुन् ।

एएनआईसँग कुरा गर्दै उनले हिन्दू धर्मसँगको आफ्नो सम्बन्धमा भने,  ‘म हिन्दू हुनुमा गर्व गर्छु र म यसरी नै हुर्केको छु । म यस्तै छु । आशा छ कि म यहाँ मेरो बसाइको क्रममा अर्को केही दिन मन्दिरको दर्शन गर्न पनि सक्छु।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x