७ कार्तिक २०८१, बुधबार

एमालेमा पूर्वबाट उदायो भण्डारी गुटः प्रदेश अध्यक्षमा ओली र भण्डारी गुटको प्रतिस्पर्धा

एसीपी संवाददाता

२५ भाद्र २०८०, सोमबार १७:२४ मा प्रकाशित

नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समुहको प्रतिस्पर्धा स्पष्ट रुपमा दखिन थालेको छ। आगामी असोज १२ र १३ गते हुने कोशी प्रदेशको अधिवेशनका लागि दुई समुह स्पष्ट रुपमा प्रतिस्पर्धा गर्न थालेका छन्।

माधवकुमार नेपाल बाहिरिएसँगै एमालेमा गुट–उपगुट अन्त्य भएको भनिएपनि प्रदेश अधिवेशनसँगै भण्डारी गुट सतहमा देखिएको छ। लुम्बिनीमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको गुट देििखए जस्तै कोशीमा ओली र भण्डारीको गुट देखिएको छ।

लुम्बिनीमा प्रदेशको नेतृत्वका लागि दुई गुट प्यानलै बनाएर चुनाव लडेका थियो। ओलीले सहमति गराउने प्रयास गरेपनि असफल भएका थिए।

एमालेको राम्रो प्रभाव रहेको कोशी प्रदेशमा पनि सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना एकदमै कम छ । गृह प्रदेश भएका कारण आफ्नो पक्षकै प्रदेश अध्यक्ष बनाउनुपर्ने चुनौती ओलीसँग छ । त्यसैले उनी सकेसम्म चुनाव नगरी अध्यक्ष बनाउन चाहन्छन् । तर, परिस्थिति चुनावै हुने गरी अघि बढिरहेको कोशी एमालेका नेताहरुले बताएका छन् ।

यहाँ अधिवेशनबाट अध्यक्ष बन्न लागिपरेका एमाले नेताहरुमध्ये माधव समुहमा रहेर एमालेमै वसेका वर्तमान अध्यक्ष तुलसी न्यौपाने फेरि दोहोरिने सोचमा छन्। त्यस्तै दुई पटक एमाले मोरङको अध्यक्ष भईसकेका विनोद ढकाल पनि प्रदेश अध्यक्षका वलियो दावेदार हुन। भण्डारी निकट ढकाल चुनावै हुने स्थितिमा पनि उम्मेदवार बन्ने सम्भावना छ। भण्डारी गुटको नेतृत्व पूर्वमुख्यमन्त्री शेरधन राईले गरेका छन् । उक्त गुटमा तत्कालीन समयमा माधव नेपालनिकट नेताहरु धेरै छन् ।

त्यस्तै पहिला माधव नेपाल गुटमै रहेका घनश्याम खतिवडा पनि एमाले कोशीको अध्यक्ष हुन बल गरिरहेका छन् । उनी एमाले मोरङको छैटो अधिवेशनबाट ढकालसँग जिल्ला अध्यक्षमा पराजित भएका थिए । तर, खतिवडाले पनि ढकालका लागि छोड्ने सम्भावना रहेको एमाले स्रोत वताउँछ।

ओलीनिकट मानिएका वर्तमान उपाध्यक्ष टीकाराम चेम्जोङ प्रदेश अध्यक्ष बन्न धुवाँदार तयारीमा छन्। अन्तिममा चेम्जोङले पनि न्यौपानेका लागि छोड्ने सम्भावना छ । त्यसो हुँदा न्यौपाने र ढकालबीच प्रतिस्पर्धा हुनेछ । सहमति नभएको अवस्थामा ओली गुटबाट न्यौपाने र विद्या गुटबाट ढकाल चुनाव लड्ने अड्कल सुरु भएको छ। नेपालआज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x