१४ मंसिर २०८३, आईतवार

सरकारले भरोसा जगाउने काम गरेर देखाउनु पर्नेमा अध्यक्ष नेपालको जोड

एसीपी संवाददाता

२६ भाद्र २०८०, मंगलवार ०४:०५ मा प्रकाशित

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले आशा र भरोसा जगाउने काम गरेर देखाउनु पर्ने बताउनुभएको छ ।

समाजवादी मोर्चाले सोमबार विराटनगरमा आयोजना गरेको प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आर्थिक समानता, सुशासन, सामाजिक न्याय र जनताको दैनिक जीवनमा आइपरेका समस्या समाधान गर्न समाजवादी मोर्चा गठन गरेर अघि बढेको बताउनुभयो ।

संघीय सरकारबाट केही राम्रो काम गरेर जनतामा सन्देश दिन र आशा जगाउन आवश्यक रहेको भन्दै नेपालले सुशासनकोे पक्षमा काम गर्नेलाई साथ दिने र भ्रष्टाचार, अनियमिततामा लाग्नेलाई निर्मम भएर दण्डित गर्नुपर्ने बताउनुभयो । ईमेजखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x