१४ मंसिर २०८३, आईतवार

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल’को वार्षिक प्रगती सार्वजनिक

एसीपी संवाददाता

२८ भाद्र २०८०, बिहीबार ०७:५३ मा प्रकाशित

बाँके । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा संचालित पश्चिम नेपालकै एक मात्र क्यान्सर अस्पताल ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पताल’ले वार्षिक प्रगती सार्वजनिक गरेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले बुधबार पत्रकार सम्मेलन मार्फत गत वर्ष भदौ २३ गतेको निणर्य अनुसार क्यान्सरको उपचारको क्रममा नेपाल सरकार, लुम्बिनी प्रदेश सरकार र स्वास्थ्य विमाबाट प्राप्त हुने सुविधा सकिएका ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिक विरामीहरुलाई अस्पतालबाट प्रदान हुने सेवा शुल्क ५० प्रतिशत अस्पताल विकास समितीले व्यहोर्ने गरी छुट गरिएको जानकारी गराए ।

उनले अस्तपाल सञ्चालन गर्नमा दक्ष जनशक्तिको अभाव मुख्य चुनौती रहेको बताएका छन । उनले भने, ‘अहिले अस्पताल काज, अस्थायी दरबन्दीबाट चलाउनु परेको छ ।’

उनले पश्चिम नेपालकै सम्भवत पहिलो पोजेटिभ प्रेसर आईसियु सेवा सुरु गरिएको बताए ।

क्यान्सरको उपचारका लागि आउने विरामीको संख्यामा वृद्धि हुदैँ गएको छ । आर्थिक वर्ष २०७८/०७९ मा २५ हजार १ सय ८१ जना जनरल सहित २०७९/०८० मा २९ हजार २ सय ५५ जना क्यान्सरका विरामीले सेवा लिएका अस्पतालले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x