३१ जेष्ठ २०८१, बिहीबार

जुलाईमा भारतको औद्योगिक उत्पादन ५.७ प्रतिशतले वृद्धि

एसीपी संवाददाता

२८ भाद्र २०८०, बिहीबार ०८:२६ मा प्रकाशित

एजेन्सी । औद्योगिक उत्पादन सूचकांक (आइआइपी) द्वारा निर्धारण गरिएको भारतको कारखाना गतिविधि जुलाईमा ५.७ प्रतिशतले बढेको सरकारी तथ्यांकले देखाएको छ ।

मंगलवार जारी तथ्यांकअनुसार जुलाईमा भारतको औद्योगिक उत्पादन ५.७ प्रतिशतले वृद्धि भएको हो ।

प्रयोगमा आधारित वर्गीकरण अनुसार प्राथमिक वस्तुको परिसूचक १४१.७, पुँजीगत वस्तुमा १०१.६, मध्यवर्ती वस्तुको १५१.८ र पूर्वाधार तथा निर्माण सामग्रीको १६८.५ रहेको मन्त्रालयले जनाएको छ ।

साथै उपभोक्ता टिकाउ र उपभोक्ता गैर टिकाउ वस्तुहरुको सूचकांक क्रमशः ११८.१ र १५२.२ मा रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x