१५ जेष्ठ २०८१, मंगलवार

सामान्य खटपट भएपनि अहिले नै सरकार परिवर्तनको सम्भावना छैनः कोइराला

एसीपी संवाददाता

३१ भाद्र २०८०, आईतवार २०:१७ मा प्रकाशित

चितवन । वर्तमान गठबन्धन सरकारमा सामान्य खटपट भएपनि अहिले नै सरकार परिवर्तनको सम्भावना नरहेको कांग्रेस नेता डा. शशांक कोइरालाले बताएका छन् । नेपाली कांग्रेसका पूर्व महामन्त्री कोइरालाले आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताएका छन् ।

आफ्नो दृष्टिकोणबाट अहिलेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ५ वर्षसम्म जान सक्ने आफूलाई लागेको कोइरालाले बताए । सरकारको स्थायित्व आवश्यक रहेको उल्लेख गर्दै उनले स्थायित्वले मात्रै देशको विकास सम्भव रहेको बताए । कोइरालाले पार्टीभित्रको खिचातानी सरकारमा हुन नहुने बताए ।

विगतमा कतिपय समझदारी भएर पनि तोडिएको प्रसङ्ग उल्लेख गर्दै उनले प्रचण्ड साधारण व्यक्ति नभएको उनको भनाई छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको तिक्तताका कारण पुनः एमालेसँग मिल्न जान सक्ने अवस्था नभएको उनले जिकिर गरे । सम्भावना नेपालमा धेरै कुराको हुने जनाउँदै उनले अब कांग्रेस एक्लै हिँड्नुपर्ने समेत बताए ।

“कांग्रेस पुरानो र सबैभन्दा ठूलो दल भएकाले सकेसम्म कांग्रेस एक्लै जाने हो, कसैसँग मिल्नु छ भने अहिले मिलिराखेको छ भइहाल्यो”, उनले भने-“आफ्नो दृष्टिकोणमा कांग्रेसले ठूलो पार्टी भए पनि प्रतिपक्षको नेतृत्व गरेको भए हुनुपर्ने थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x