१४ मंसिर २०८३, आईतवार

पूर्व पश्चिम राजमार्ग अन्तर्गत ढकेरी क्षेत्रमा विस्फोट

एसीपी संवाददाता

१ आश्विन २०८०, सोमबार ०८:१५ मा प्रकाशित

नेपालगञ्ज । बाँकेको पूर्व पश्चिम राजमार्ग अन्तर्गत ढकेरी क्षेत्रमा विस्फोट भएको छ । ढकेरीदेखि दुई किलोमिटर पूर्व राजमार्गको किनारमा विस्फोट भएको हो ।

विस्फोट कसले गराएको हो भन्ने यकिन नभएको बाँके प्रहरीले जनाएको छ । यद्यपि प्रारम्भिक अनुसन्धानबाट द्वन्दकालीन माइन विस्फोट भएको हुन सक्ने अनुमान छ । विस्फोटबाट राजमार्ग उप्किनुका साथै किनारमा खाल्डो परेको बाँके प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए ।

घटनास्थलमा चुना जस्तो धुलो र खिया लागेको तारको टुक्रा भेटिएको छ । विस्फोटबाट अन्य क्षती भएको छैन । विस्फोट भएपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x