१४ मंसिर २०८३, आईतवार

नेम्वाङको स्मृतिमा एमालेले आज सातवटै प्रदेशमा विचार गोष्ठी आयोजना गर्दै

एसीपी संवाददाता

२ आश्विन २०८०, मंगलवार ०९:२१ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेले आज संविधान सभाका दिवंगत अध्यक्ष सुवास नेम्वाङको स्मृतिमा सातवटै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने भएको छ ।

संविधान दिवसको पूर्वसन्ध्यामा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठी आयोजना गर्न लागिएको हो । एमालेले गोष्ठीका लागि सातै प्रदेशमा जिम्मेवारी समेत तोकिसकेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको च्यासल स्थित केन्द्रीय कार्यालयमा हुने गोष्ठीलाई सम्बोधन गर्नुहुनेछ । गोष्ठीमा विभिन्न दलका नेताहरुलाई डाकिएको छ । अन्य प्रदेशमा पार्टी उपाध्यक्षहरुलाई खटाइएको छ । ईमेज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x