१३ आश्विन २०८३, मंगलवार

बाँकेको बाल सुधार गृहमा तोडफोड एक जनाको मृत्यु

एसीपी संवाददाता

५ आश्विन २०८०, शुक्रबार ०८:२२ मा प्रकाशित

बाँकेको डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा झडप हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कपिलवस्तु घर भएका १८ वर्षका सुलभ केसी रहेको जिप्रका बाके संचारमाध्यमलाई बताएको हो ।

मृतक केसी बालसुधार गृहमा अदालतबाट जेल सजाय भएर २०७९ असार १० गते आएका थिए। उनी अपहरण, शरीरबन्धक र जबरजस्ती करणी कसुरमा सुधार गृहमा थिए।

डुडुवा गाउँपालिका-६ स्थित सुधार गृहमा राखिएका किशोर र युवाहरूको समूहले गएराति नाराबाजी गर्दै तोडफोड सुरु गरेका हुन् । उनीहरूले प्रहरीलाई गाली गलोज गर्दै आक्रमण गरेपछि रातभर अवस्था तनावग्रस्त थियो । 

तोडफोडका क्रममा सुधार गृहको झ्यालका सबै सिसा फुटेका छन् । सुधार गृहमा पसेर बल प्रयोग गर्न नपाउने कानुनी प्रावधानका कारण प्रहरीलाई स्थिति नियन्त्रणमा लिन कठिनाइ भएको हो। कानुनी विवादमा परेर सुधार गृहमा राखिएकाहरूले आक्रोश स्वरूप होहल्ला गर्दै तोडफोडमा उत्रिएको प्रहरीको भनाई छ । 

सुधार गृहमा करिब ३ सय जना बालबन्दीहरु छन् ।  

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x