३१ भाद्र २०८३, बुधबार

परदेशीका पीडा दर्शाउने ‘परदेशी २’ असोज २६ देखि

एसीपी संवाददाता

८ आश्विन २०८०, सोमबार ०७:५५ मा प्रकाशित

नेपालगञ्ज । यही असोज २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी २’ले देशभरमा ब्यापक चर्चा पाइरहेको छ । चर्चासँगै प्रचारप्रसारमा निस्केको ‘परदेशी २’ को टिमले आज नेपालगञ्जमा पत्रकारहरुसँग साक्षात्कार गर्दै परदेशीको घरपरिवारका पीडा चलचित्रले दर्शाएको बताएका छन् । शनिबार चितवन हुँदै नेपालगञ्ज आइपुगेको ‘परदेशी २’ को टिमले नेपालगञ्जका विभिन्न विद्यालयहरुमा युवाहरुसँग भेट गरेपछि आज पत्रकारहरुसँग साक्षात्कार गरेका थिए ।

चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाको समन्वयमा आयोजना गरिएको उक्त साक्षात्कार कार्यक्रममा ‘परदेशी २’को मुख्य भूमिकामा रहेका गायक तथा अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारी, निर्देशक नारायण रायमाझी लगायतको उपस्थिति रहेको थियो ।

साक्षात्कार कार्र्यक्रममा बोल्दै अभिनेत्री अधिकारीले ‘परदेशी २’ निर्माणमा एउटा सक्षम टिम लागेको बताउँदै चलचित्रले हरेक नेपालीको कथालाई प्रस्तुत गरेको बताइन् । साथै उनले बाँकेमा आफ्नो धेरै चलचित्रहरु छायांकन भएको बताउँदै भनिन्, ‘बाँकेमा नेपाली चलचित्रलाई माया गर्ने धेरै व्यक्तिहरु हुनुहुन्छ । बाँके मेरो दोस्रो घर हो । यहाँ मेरो धेरै चलचित्र छायांकन भएका छन् ।’

कार्यक्रममा निर्देशक रायमाझीले ‘परदेशी २’ले विदेशिने युवाहरुको ब्यथा, उनीहरुको परिवारको अवस्था लगायतका विषयलाई समेटेको बताए । उनले ‘परेदशी २’को कथावस्तुले दर्शकलाई मनोरञ्जनसँगै भावुक बनाउने विश्वास व्यक्त गरे । साथै उनले चलचित्रमा कथाको माग अनुसार सक्षम कलाकारहरुलाई समेटिएको बताए ।

यस्तै अभिनेता सपूतले ‘परदेशी २’ आफ्नो पहिलो चलचित्र भएको र कथाको माग अनुसार आफूले काम गर्न पूर्ण कोशिस गरेको बताए । उनले ‘परदेशी २’ मा नेपाली दर्शकको चाहनालाई पूरा गर्ने गरी निर्माण गरिएको बताए ।

चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा सचिव विक्रम बुढा क्षेत्रीले स्वागत गर्दै खुल्ला अन्तरक्रिया गराएका थिए । कार्यक्रममा जिल्लाका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारको उपस्थिति रहेको थियो ।

No description available.

परदेशी २’ मा वर्षा शिवाकोटी, दिलिप रायमाझी, प्रशान्त तामांग, नीर शाह, रमा थपलिया, सविन बास्तोला, देवेन्द्र बब्लु र रोशनी कार्की लगायतको अभिनय रहेको छ । साथै साक्षात्कार कार्यक्रमपश्चात ‘परदेशी २’ को टिमले नाटक समेत प्रस्तुत गरेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x