२१ श्रावण २०८३, बिहीबार

चिनियाँ बिस्तारवाद र ईस्लामिक अतिवाद विरुद्ध – एकता अभियान द्वारा विचार गोष्ठी

एसीपी संवाददाता

९ आश्विन २०८०, मंगलवार ००:०८ मा प्रकाशित

राष्ट्रिय एकता अभियानले चीनियाँ विस्तारवाद र इस्लामिक अतिवादको विरोध गर्दै बिचार गोष्ठी आयोजना गरिएको छ ।
रौतहट सदरमुकाम गौरमा सोमबार राष्ट्रिय एकता अभियानद्वारा आयोजित चिनियाँ विस्तारवाद र इस्लामिक अतिवादको विरोध तथा संघीय हिन्दू गणतन्त्रका विषयमा विचार गोष्ठी सम्पन्नभएको हो।
राष्ट्रिय एकता अभियान रौतहटले आयोजना गरेको गोष्ठीमा अभियानका केन्द्रीय अध्यक्ष एवं प्रमुख अतिथी विनय यादवले सर्लाही सदरमुकाम मलंगवामा हिन्दू समाजमाथी हमला भएको केही हप्ता भित्रै फेरि अर्को जिहादी आक्रमण भएको भन्दै त्यसको विरोध गरे।
मलंगवा नगरपालिका– ३ स्थित गणेश चतुर्थीको मुर्ति बिसर्जन गर्न जाने क्रममा अर्को समुदायले ढुंगामुढा एवं चाकु प्रहार गरेको भन्दै उनले ती ब्यक्तिलाई तत्काल नियन्त्रणमा लिएर कारवाही गर्न स्थानीय प्रशासनसँग माग गरे।
अपराधिक आक्रमण मा केही हिन्दुहरू घाइते समेत भएकाले उनीहरुको उपचारको ब्यवस्था गर्न समेत उनले माग गरेका छन्।
सर्लाहीमा भएको आक्रमण पहिलो नभई मधेश र लुम्बिनी प्रदेशमा विगत केही वर्षदेखि निरन्तर चलिरहेको र विशेष गरी चाडपर्व लक्षित यस्ता आक्रमणहरु हुने गरेको उनले बताए। ‘यस्ता घटनालाई दोहोरिन नदिन सरकारले कुनै प्रयास गरेको मसहुस हुदैन। यसको अर्थ वाह्य शक्तिबाट संचालित जिहादीहरूलाई नेपालमा राजनीतिक संरक्षण प्राप्त भएको स्पष्ट छ।’
बाह्य शक्तिको आडमा देशभरी विभिन्न आवरणमा लुकेका जिहादीहरूलाई पहिचान गरी पक्राउ गर्न पनि यादवले सरकारसँग माग गरे।
अभियानका जिल्ला संयोजक रामनिवास सिंहको अध्यक्षतामा आयोजित गोष्ठीमा अभियानका मधेश सम्पर्क समितिका संयोजक बिनोद सिंह, मधेश प्रदेश समितिका सदस्य पासपत राय यादव, रामप्रसाद महतो लगायतले आफनो विचार ब्यक्त गरेका थिए।
कार्यक्रम संचालन अभियानका जिल्ला सचिव गुड्डू यादवले गरेका थिए भने सैकडो हिंदूवादीहरु अभियान प्रवेश गरेका थिए भने राष्ट्रिय संयोजक यादवले नव प्रवेशीलाई टिका लगाई स्वागत गरेका थिए । तराईटप

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x