१४ मंसिर २०८३, आईतवार
नेपाल-चीनबीच रसुवागढी-केरुङ विद्युत प्रसारण लाइन निर्माण गर्ने सम्झौता
काठमाडौँ । नेपाल चीनबीच रसुवागढी केरुङ विद्युत् प्रसारण लाइन निर्माण गर्ने सम्झौता भएको छ । नेपालले भारतपछि चीनसँग अन्तरदेशीय विद्युत् प्रसारणलाइन निर्माण गर्ने सहमति गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा २२० केभी प्रसारण लाइन निर्माण गर्ने सोमबार सहमति भएको स्रोतले जनाएको छ ।
त्यसैगरी संखुवासभाको किमाथांका हुँदै चीनसम्म निर्माण गरिने विद्युतीय प्रसारण लाइनको सम्भाव्यता अध्ययन गर्ने दुई देशबीच सहमति भएको ।
रसुवागढी केरुङ विद्युतीय प्रसारण लाइन चीनको सरकारको अनुदानमा निर्माण गर्न सहमति भएको छ,’ स्रोत भन्यो, ’यस विषयको औपचारिक घोषणा आजै हुनेछ ।’
Subscribe
Login
0 Comments


