३१ भाद्र २०८३, बुधबार

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीका छोरा अभिनेता अनमोल केसी ठगी आरोपमा पक्राउ

एसीपी संवाददाता

१३ आश्विन २०८०, शनिबार ०४:०३ मा प्रकाशित

काठमाडौँ । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले केसीलाई केहीबेरअघि काठमाडौंबाट पक्राउ गरेको हो ।
उनी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीका छोरा हुन् । उनलाई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो । कार्यालयका एक प्रहरीका अनुसार उनलाई भक्तपुरको साँगा क्षेत्रबाट पक्राउ गरिएको हो ।

उनलाई १० लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । त्यसको अनुसन्धानका लागि केसीलाई पक्राउ गरिएको ती प्रहरीले बताए । केसी मिनभवनस्थित कार्यालयको नियन्त्रणमा छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x