१४ मंसिर २०८३, आईतवार
सल्यानमा जिप दुर्घटनामा २ जनाको मृत्यु, १४ घाइते
दाङ । केही दिनको अन्तरालमै फेरि सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् ।
शुक्रबार साँझ अन्दाजी साढे ५ बजे सल्यानको छत्रेश्वरी गाउँपालिका-५ लेखपोखराबाट शारदा नगरपालिका-१२ कागखोलातर्फ जाँदै गरेको लु १ ज १८६१ नम्बरको जीप दुर्घटना भएर जीप सडकदेखि झन्डै ६० मिटर तल खसेकोे सल्यान प्रहरीले जनाएको छ ।
सल्यान प्रहरीका अनुसार मृत्यु हुनेमा शारदा नगरपालिका-१५ माल्नेटाकी ४५ वर्षीया मुना सेजवाल र शारदा नगरपालिका–१२ की ७६ वर्षीया धुर्बी बोहरा हुन् ।
शुक्रबार साँझ मेला हेरेर फर्किंदै गर्दा दुर्घटनामा परेर गम्भीर घाइते भएका सेजवाल र बोहराको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनाका घाइतेहरु मध्ये एक जनालाई सुर्खेत पठाइएको र अन्य १३ जनाको सल्यानमै उपचार भइरहेको सल्यान प्रहरीले जानकारी दिएको छ । केही दिन अघि मात्र सल्यानमा जिप दुर्घटना हुँदा बाबु-छोराको ज्यान गएको थियो ।
Subscribe
Login
0 Comments


