१४ मंसिर २०८३, आईतवार

सार्वजनिक सुनवाइ कायक्रमा सुरुङ्गाका किसानले भने कृषि तर्फ दिर्धकालिन कार्यक्रम ल्याउन सकेको छैन

एसीपी संवाददाता

१५ आश्विन २०८०, सोमबार ०६:४९ मा प्रकाशित

वोदेबर्साइन । गत आर्थिक वर्षमा ७८ करोड ६४ लाख ६२ हजार नौ सय ११ रुपैया कुल बजेट संचालन गरेको सुरुङ्गा नगरपालिकाले गरेका सार्वजनिक सुनवाई कार्यक्रम खर्च विवरण सार्वजनिक गरेका छन ।
आइतवार सार्वजनिक सुनुवाईमा नगरपनलिमनले खर्च प्रस्तुत गरिरहँदा पालिकाले किसान , महिला तथा अन्यायमा परेकाहरुको लागि केही गर्न नसकेको सहभागीहरुले गुनासो थियो ।
कृषितर्फ ५० प्रतिशत अनुदानमा प्याज, च्याऊ , मुङ्गको विऊ , धानको विऊ , गहुँको विऊ , घाँसको विऊ लगायतको विऊ विजन किसानलाई वितरण गरेको छ ।
नगरले कृषिमा सिंचाई तथा किसानको सहुलियतमा उत्पादन लगायतको पाटोमा दिर्धकालिन कार्यक्रम ल्याउन नसकेकोमा सुरुङ्गा –४ कनकपुरका किसान राम लखन राम र सुरुङ्गा– ६ का किसान वृजेन्द्र प्रसाद चौधरीले खडेरी भएर वास्तविक किसान मरिरहेको बताए । उनिहरुले भने नगरले करोडौ बजेट खर्चियो तर किसानसम्म कुनै कार्यक्रम लिएर आएको छैन ।
नगरले स्थानीय पाठ्य पुस्तक निर्माण समेत गरी १० प्रतिशत रकम खर्चेका देखिन्छ । त्यस्तै सामाजिक विकासतिर , स्वास्थ्य , कृषि सबैतिर समानन्तर बजेट खर्चको पाइन्छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गजेन्द्रनाथ शर्माका अनुसार कृषि तिर पनि स– साना वितरण मुखी कार्यक्रमहरु नगरेका होइनन तर त्यसको उपलब्धी तत्कालै नदेखिएको स्वीकारेका छन ।
नगरका एउटै महिला वा नागरिकले न्यायिक समितिवाट न्याय पाउन नसकेको स्थानियहरुले गुुनासो गरेका छन ।
कायौक्रममा न्यायिक इजलासको विवरण र न्याय दिएको तथ्याङक नरहेको स्थानीय लक्ष्मी चौधरीले गुनासो गरे । उपलब्धी पनि संतोषजनक नै रहेको पूर्व उपप्रमुख विन्दा पासमानको भनाई छ । यो नगरको वेरुजु १.४५ प्रतिशत अर्थात न्युन छ । आउने दिनमा बढीभन्दा बढी बजेट कृषि खानेपानी , शिक्षा र स्वास्थ्यतिर खर्चिने नगर प्रमुख गीता चौधरीले भनाई छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x