१४ मंसिर २०८३, आईतवार

नेपालगन्जमा भोलि बिहान ७ बजे सदभाव र्‍याली , सहभागिताको लागि सबै सक्रिय

एसीपी संवाददाता

१५ आश्विन २०८०, सोमबार १७:०० मा प्रकाशित

बिकास खडका , रिसभ सिंह  =  नेपालगन्जमा शान्ति सद्भाव कायम गर्न भोलि बिहान सद्भाव र्‍यालीको आयोजना हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बाकेमा बसेको सर्वपक्षीय बैठकले भोलि बिहान ७:३० बजे बिपि चौक बाट सदभाव र्यालि निकाल्ने निर्णय गरेको छ ।  सो र्यालिमा सहभागी हुन सबैमा अनुरोध गर्ने आव्हान गरिएको छ ।  नेपालगन्ज मा समाजिक सन्जाल फेस्बुमा आएको कमेन्ट , पोस्ट लाई लिएर गएको आइतबार बाट नेपालगन्जको शान्ति सदभाव मा खलल पुग्ने गरि दुबै तर्फ बाट समाजिक पोस्ट गरेर एक अर्काको देवी देवतालाई कमेन्ट गरि महौल बिगार्ने प्रयास भएको यस्ता ब्याक्ती लाई छानबिन गरि जिल्ला प्रशासन कार्यालयले शक्त निगरानीमा राखेको र छिटो  कार्यवाही गर्ने बताउदै आएको छ।    कार्यालयमा सम्पन्न बैठकमा विभिन्न राजनीतिक दल , समाजसेवी , ब्यापारी , मानवअधिकारकर्मीको समेत सहभागिता रहेको श्रोतले जनाएको हो । अहिलेसमाजिक संजाल र टिकटलको िभडियोलेखमहौलबिगारीरहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x