१४ मंसिर २०८३, आईतवार

लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि

एसीपी संवाददाता

१७ आश्विन २०८०, बुधबार ०८:२० मा प्रकाशित

काठमाडौँ– महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि जारी रहने भएको छ ।

हिजोबाट काठमाडौँको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा जारी बैठकमा समसामयिक राजनीतिक विषयसहित संगठन विस्तार र केन्द्रीय नेताहरूको जिम्मेवारी बाँडफाँडका बारेमा छलफल भइरहेको महासचिव केशव झाले जानकारी दिए ।

गत असोज ८ गते केन्द्रीय कार्य समिति विस्तार गरेपछि लोसपाले पहिलो पटक कार्यकारिणी समितिको बैठक बोलाएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x