१४ मंसिर २०८३, आईतवार

केपी ओलीको अभिव्यक्तिको राजनीतिक रुपले प्रतिवाद गर्छौं : वर्षमान पुन

एसीपी संवाददाता

१८ आश्विन २०८०, बिहीबार २१:५५ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जनयुद्ध दिवसका विषयमा प्रमुख प्रतिपक्षी दलका नेताले बोलेको कुरा बेठिक भएकाले राजनीतिक तवरले प्रतिवाद गर्ने बताएका छन् ।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले संविधानले समेत सबै आन्दोलनलाई स्वीकार गरिसकेको अवस्थामा विषयमा प्रमुख प्रतिपक्षी दलका नेताले जनयुद्धका बारेमा राखेको धारणा बेठिक भएकाले राजनीतिक तवरले प्रतिवाद गर्ने बताए ।

उनले केपी ओलीको अभिव्यक्ति सबै परिवर्तनलाई स्वीकृत गर्ने खालको रहेको र एमालेको आधिकारिक धारणा हो जस्तो आफूलाई नलागेको बताए । उनले पीडितलाई न्याय दिनेगरी शान्ति प्रक्रियालाई टुंगो लगाउनुपर्ने र टिआरसीका विषयमा सबै दलहरु सहमति नजिक रहेको बताए ।
पुनले शान्ति प्रक्रिया सबैका साझा विषय भएकाले अहिलेको सरकारले मात्रै स्वामित्व लिन नमिल्ने र प्रतिपक्षीको पनि स्वामित्व रहनेगरी शान्ति प्रक्रिया टुंगो लाग्ने बताए ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x