१४ मंसिर २०८३, आईतवार
मेयर साम्पाङ र वडा अध्यक्षबीच चर्काचर्की, अनिश्चित कालका लागि बैठक स्थगित
धरान । धरानका मेयर हर्क साम्पाङ र वडा अध्यक्षहरुबीच चर्काचर्की परेपछि धरानको कार्यपालिका बैठक स्थगित भएको छ । बैठकमा घण्टाघरबाट निकालिएका २ जना कर्मचारीहरुलाई पुर्नवहाली गर्ने कि ३ महिनाको तलब सुविधा दिएर बिदा गर्ने भन्ने एजेण्डामा विवाद सुरु भएको थियो ।
मेयर साम्पाङ कर्मचारीलाई सुविधा दिएर बिदा गर्ने पक्षमा थिए भने वडा अध्यक्षहरु एक वर्षको लागि म्याद थप्नुपर्ने पक्षमा थिए । यही विवाद लम्बिँदै जाँदा मेयर साम्पाङ र वडा अध्यक्षहरुबीच चर्काचर्की परेर बैठक अघि बढ्न सकेन ।
कार्यपालिकाका प्रवक्ता एवं वडा १७ का अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) ले घण्टाघरका ज्यालादारी कर्मचारीलाई हटाएर मेयरले आफ्नो ज्वाइँ नियुक्त गरेको प्रसङ्ग उठाएका थिए । लगत्तै मेयर साम्पाङले वडा १७ को कार्यवाहक अध्यक्ष मनिष विष्ट (वडा सदस्य) भएकोले भट्टराई बैठकमा उपस्थिति अवैध भएको आरोप लगाएपछि अन्य वडा अध्यक्षहरु पनि मेयरप्रति आक्रोशित रुपमा प्रस्तुत भए ।
Subscribe
Login
0 Comments


