टिभिएसको स्कुटर खरिद गर्दा नेपालगन्जमा एकजनाले पाए दुईवटा अफर
बिकास खडका , नेपालगन्ज – नेपालगन्जमा रहेको टिभिएस बाइक शोरुमबाट विभिन्न उपहार सहितको योजनाहरु आएको अधिकृत बिक्रेता ग्रेस एन्ड ग्लोबल प्रा . लि ले जनाएको छ । देश भरी नै चालू रहेको योजनामा टिभिएसको स्कुटर खरिद गर्दा नेपालगन्जमा एकजनाले दुईवटा अफर हात पारेका छन् । 
राजापुरकी सुष्मा चौधरीले टिभिएसको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले चाडपर्व लक्षित गरेर ल्याएको ‘हर मोडमा उमङ्ग’ योजनाअन्तर्गत दुईवटा अफर जितेकी हुन । योजनाबाट सेवाग्राहीलाई धेरै फायदा भईरहेको चौधरीले बताईन । 
स्कुटर खरिद नगर्दै ६ हजार र खरिद गरिसकेपछि चौधरीले ५० हजार रुपैयाँ अफर जितेको ग्रेस एण्ड ग्लोबल प्रालिका संचालक महादेव सिंह ठकुरीले जानकारी दिनु भयो।
‘हर मोडमा उमङ्ग’ योजनाअन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाखसम्म जित्ने मौका पाउने गरेको र जसको भाग्यमा छ यो मौकाको फायदा लिनु पर्छ आग्रह गर्नु भयो ।
‘हर मोडमा उमंग’ योजना अन्तर्गत खरिद गरेपछि १० लाखसम्म जित्ने मौका रहेको छ । हरेक महिना १०० प्रतिशत क्यास ब्याक जित्ने अवसर पनि यो योजनाले दिएको छ ।
साथै, एक्सचेन्जमा १० हजारसम्म अतिरिक्त मुल्याङ्कन, सुन्य प्रतिशत ब्याजदर र २५ प्रतिशत डाउन पेमेन्टमा मोटरसाइकल र स्कुटर खरिद गर्न सकिने सुविधा पनि उपलब्ध रहेको छ । 
त्यसैगरी, कम्पनीले जीवनभरका लागि वारेन्टी सुविधा पनि उपलब्ध रहेको प्रालिले जनाएको छ ।
विजेताहरूको घोषणा महिनाको पहिलो मंगलबार लक्की ड्र मार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रशारणमार्फत हुने गरेको संचालक ठकुरीले बताउनु भयो ।



