१७ श्रावण २०८३, आईतवार

सुन तस्करीको काइदा: चिनियाँ नाकाबाट नेपालीको खेतमा फालेर आलुको बोरामा काठमाडौं

एसीपी संवाददाता

२४ आश्विन २०८०, बुधबार ०८:४६ मा प्रकाशित

काठमाडौं। तस्करको एक समूहले चीनको तिब्बतबाट दोलखा हुँदै काठमाडौंमा ३९ किलो सुन अवैधरुपमा भित्र्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पाका व्यक्तिलाई प्रयोग गरी १० महिनामा ३९ किलो सुन तस्करी गरेको अनुसन्धानबाट खुलेको हो।

असोज १० गते दोलखा प्रहरीले बिगु गाउँपालिका-३ जामुनेस्थित एक घरको कोठामा लुकाइ राखेको अवस्थामा ४ किलो सुन फेला पारेको थियो। त्यो सुन सीता तामाङको घरमा बस्ने केशर तामाङ डेराबाट बरामद गरिएको हो। त्यसपछि प्रहरीले अनुसन्धानका क्रममा अवैधरुपमा भित्र्याइएको ११ किलो सुन विभिन्न स्थानबाट बरामद गरेको छ।

बिगु गाउँपालिका बस्ने पेम्बा तामाङ, माधव मगर, काठमाडौं रामहिटी बस्ने नुर्बु छिरिङ शेर्पा, सुनमाला तामाङ, बिगु गाउँपालिक- १ बस्ने चस्मान तामाङ र १७ वर्षिय किशोरलाई प्रहरीले पक्राउ गर्‍यो। त्यसको दुई दिनपछि लामाबगरस्थित आङफुर्वा शेर्पाको बारीमा ढुङ्गा मुनी लुकाएर राखिएको अवस्थामा थप ४ किलो सुन भेटियो। नुर्बु अवैध सुन व्यवस्थापन गर्ने व्यक्ति भएको अनुसन्धानबाट देखिएको छ।

चिनियाँ नाकाबाट ठूलो परिमाणमा सुन तस्करी गरेको पाइएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पनि अनुसन्धानमा सामेल भएको छ। सीआइबीका दुई प्रहरी निरीक्षक र एक सईले एसपीको कमान्डमा अनुसन्धान.

गरिरहेका छन्।

फाइल तस्बिर।

अहिलेसम्मको अनुसन्धानबाट सोही तस्कर समूहले मंसिरयता ३९ किलो सुन तस्करी गरेको दखिएको छ। ‘उनीहरूको बयान र अन्य पक्ष हेर्दा अहिलेसम्म ३९ किलो सुन तस्करी भएको खुल्छ। थप अनुसन्धान गरिरहेका छौं’, प्रहरी स्रोतले भन्यो।

सीआईबीको टोलीले काठमाडौंबाट थप केही व्यक्ति पक्राउ गर्‍यो। सोमबार साँझ काठमाडौंको महाजगञ्जबाट तिलक विक समातिए। उनी सुन व्यापारी हुन्। उनले नमस्ते नामको ज्वेर्लस पसल सञ्चालन गर्दै आएका छन्।

तिब्बतबाट अवैधरुपमा दोलखा हुँदै काठमाडौं ल्याउने गरिएको सुन विकले किन्ने गरेको खुलेको छ। ‘उनले अवैध सुन किन्ने गरेको देखिएपछि नियन्त्रणमा लिएका हौं,’ सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले भनिन्।

सुरज प्रधानले लालबहादुर तामाङमार्फत विकको पसलमा सुन बिक्री गर्ने गरेका थिए। विकलाई अनुसन्धानका लागि दोलखा पठाइएको छ। लालबहादुर र ६५ वर्षीय सुरज तथा चिनियाँ नागरिक ग्याङ रोउलाई सीआईबीले यसअघि नै पक्राउ गरिसकेको छ। यी तीन जनाले तस्करीको सुन भारतसम्म पुर्‍याउने गरेको अनुसन्धानबाट.

खुलेको छ।

तस्करीमा पाका व्यक्ति प्रयोग

दोलखामा बरामद भएको सुन चीन र नेपालको फलेक नाकाबाट भित्र्याएको देखिएको छ। जसका लागि चिनियाँ नागरिकले दोलखाका स्थानीयलाई प्रयोग गर्ने गरेका थिए। चिनियाँ नागरिकले डोरीले बाँधेर नाकाबाट खेतमा फाल्ने र दोलखाका स्थानीयले आलुको बोरामा काठमाडौं भित्र्याउने गरेको देखिएको छ। ‘यसमा पाका व्यक्तिलाई प्रयोग गरेको देखिन्छ। पाका मानिसलाई सहजै कसैले पनि शंका नगर्ने भएकाले रकमको लोभ देखाएर प्रयोग गरेको पाइयो,’ सीआईबी स्रोतले भन्यो।

काठमाडौंसम्म सुन ल्याउने र बिक्री गर्नेमा एन्टिक सामानको व्यापार गर्नेहरु पनि छन्। बौद्ध र स्वयम्भुमा पसल सञ्चालन गर्ने केही व्यक्ति समातिएका छन्। उनीहरूले एन्टिक व्यापारको नाममा भित्रभित्रै सुनको कारोबार गर्ने गरेको खुलेको छ।

‘अहिलेसम्म अनुसन्धान गर्दा धेरै कुरा आएका छन्। त्यसलाई थप प्रमाणित गर्ने काम भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी दीपक खड्काले भने।

साउन २ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भएर बाहिरिएको अवस्थामा ६१ किलो सुन बरामद भएको थियो। यो प्रकरणमा चिनियाँ र बेल्जियम नागरिकसहित २९ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएकामा २५ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।bizmndu

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x