१४ मंसिर २०८३, आईतवार

यौन दुर्व्यवहार आरोपमा एमाले जुम्ला उपाध्यक्ष शाहीविरुद्ध उजुरी

एसीपी संवाददाता

२५ आश्विन २०८०, बिहीबार ०८:५४ मा प्रकाशित

काठमाडौं – एमाले जुम्लाका उपाध्यक्ष सुरत बहादुर शाही विरुद्ध प्रहरीमा यौन दुव्र्यवहारको उजुरी परेको छ। केही दिनअघि १७ वर्षीया एक किशोरीलाई शाहीले शारीरिक सम्पर्कका लागि प्रस्ताव गरेको अडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

उनले प्रलोभनमा पारेर किशोरी समक्ष राखेको प्रस्तावको अडियो प्रमाण सहित पीडित किशोरीका अभिभावकले प्रहरीसमक्ष जाहेरी दिएका हुन् । जिल्ला प्रहरी कार्यालय जुम्लाले शाही विरुद्ध बाल यौन दुर्व्यवहारको उजुरी परेको जनाएको छ । पीडित किशोरीका नातेदारले बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ बमोजिम जाहेरी दिएका हुन् ।

जाहेरी पछि यसबारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ । शाहीले पढाइ खर्च उपलब्ध गराइदिने आश्वासन दिँदै किशोरी समक्ष यौन प्रस्ताव राखेको अडियोमा सुन्न सकिन्छ । यस विषयमा एमालेले शाही विरुद्ध छानबिन गरी पदीय जिम्मेवारीबाट मुक्त गर्ने तयारी गरेको स्रोतले बताएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x