६ मंसिर २०८१, बिहीबार

असुरक्षित बन्दै संघिय राजधानी, गोकर्णेश्वरबाट पेस्तोल सहित ७ रायण्ड गोली बरामद

एसीपी संवाददाता

२६ आश्विन २०८०, शुक्रबार ०६:५६ मा प्रकाशित

संघय राजधानी काठमाडौं उपत्यकामा पर्ने गोकर्णेश्वर नगरपालिका वडा नम्वर ३ जगडोलमा गोली चलेको छ ।
प्रहरीले जगडोलमा लुटेरा समूहबाट एउटा पेस्तोल र ७ राउण्ड गोली बरामद गरेको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले मोटरसाइकलमा आएका लुटेरा समूहलाई पछ्याउँदै जाँदा आक्रमण गर्न खोजेको भन्दै दुई राउण्ड गोली चलाएको थियो ।
त्यसक्रममा सिन्धुलीको कमलामाई नगरपालिका–२ घर भएका ३६ वर्षीय अमर घलान घाइते भएको उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीले बताए । घटनापछि सर्लाही घर भएका ३६ वर्षीय सन्त लामा र सिन्धुपाल्चोक घर भएका ३० वर्षीय जितेन लामा पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट पेस्तोल र गोली बरामद भएको मैनालीले बताए ।
घटनामा फरार रहेका अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । संघिय राजधानीमा अपराधिक समुह सक्रिय रहदै विभिन्न लुटपाटको घटनामा संलग्न रहेपछि राजधानीको सुरक्षा व्यवस्था माथि प्रश्न चिन्ह खडा हुन थालेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x