७ आश्विन २०८३, बुधबार

नेपाली नागरिकतासहित भारतको पानीटंकीबाट चिनियाँ नागरिक पक्राउ

एसीपी संवाददाता

२६ आश्विन २०८०, शुक्रबार २१:३३ मा प्रकाशित

झापा : काँकडभिट्टा नाकाबाट नेपाली नागरिकतासहित भारत प्रवेश गरेका एक चिनियाँ नागरिक पक्राउ परेका छन्।

चिनिया नागरिकलाई सहयोग गरेको आरोपमा भारतीय एसएसबीले दुई जना नेपाली नागरिकलाई समेत पक्राउ गरेको छ। नेपाल-भारतको सीमा नाका काँकडभिट्टा हुँदै भारतको पानीटंकी बजार पुगेका चिनियाँ नागरिक ली शियाकाङ र उनलाई सहयोग गर्ने सञ्जीव सुयाल र चित्र गुप्ता अधिकारी पक्राउ परेका हुन्। उनीहरू गाडी चढेर शुक्रबार दिउँसो भारत गएका थिए।

सीमामा तैनाथ एसएसबी ४१औँ बटालियनका टोलीले आवश्यक कागजपत्र माग्दा चिनिया नागरिक शियाकाङले नेपाली नागरिकताको फोटो कपी देखाएका थिए। तर उनले कसको नागरिकताको फोटोकपी देखाएको भन्ने कुरा खुलेको छैन।

एसएसबीका जवानलाई उनीमाथि शंका लागेर नियन्त्रणमा लिएर थप सोधपुछ गर्दा चीनबाट नेपाल आएको थाहा पाए। त्यसपछि चिनियाँ नागरिकसहित तीनै जनालाई पक्राउ गरी खोरीबारी प्रहरीलाई जिम्मा लगाएका थिए।

प्रहरीले तीनै जनालाई सिलिगुडी अदालतमा पेस गर्नुका साथै घटनाबारे थप अनुसन्धान गरिरहेको भारतीय प्रहरीले जनाएको छ। अन्नपूर्णपोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x