प्रमुख जिल्ला अधिकारीलाई जनमत महिला संघको ज्ञापनपत्र
बिकास खडका / रिसभ सिंह वाडिया – नेपालगन्जमा घटस्थापना देखि दशै तथा नवरात्री पर्व शुरु भएको छ । दशैको शुभरम्भ घटस्थापना देखि नेपालगन्ज बजारमा मुर्ति स्थापना गर्ने चलन रहेको छ । भवानी दुर्गाको मुर्ति स्थापना देखि विसर्जन सम्म बाँके जिल्ला भित्र विशेष कडा रुपमा शान्ति सुरक्षा प्रदान गर्न को लागी जिल्ला प्रशासन कार्यालय बाकेलाई जनमत महिला संघले ज्ञापन पत्र बुझाएको छ । बाँके कि अध्यक्ष रेखा झा द्वारा बाकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल लाई ज्ञापन पत्र बुझाईएको हो । नेपालगन्ज आपसी सद्भाव हुने जिल्लाको रूपमा पनि प्रख्यात छ भने यहाँ बाट विभिन्न आन्दोलनहरु द्वन्दमा रुपान्तरण भएको पनि छ । अहिले सबै दशै पर्व मनाउने बेला कहि कतै बाट कुनै खाल अपरधिल गतिविधि , धर्मम खलल पुग्ने अपराध नहोस भनी माङ रहेको नगर प्रमुख शुभम गुप्ताले बताएका छ्न । 


